विजय लघुवित्तकाे नाफामा छलाङ, खराब कर्जा भने घटाउन सकेन

काठमाडाैं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार चैत मसान्तसम्ममा संस्थाको नाफा उच्च दरमा बढेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७ करोड ८० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३५.३५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
गत वर्षको तुलनामा लघुवित्तको आम्दानीको प्रमुख स्रोत अर्थात खुद व्याज आम्दानी ५३.५ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म खुद व्याज आम्दानी वापत् लघुवित्तले ४४ करोड १ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको हो ।
यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ११ करोड ८२लाख २६ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा २ करोड ७९ लाख ४५ हजार रुपैयाँ ऋणात्मक छ।
यस्तै यस अवधिमा संस्थाले खराब कर्जा भने बढेको छ । चैत मसान्त सम्म्मा संस्थाको खराब कर्जा ८.११ प्रतिशतबाट बढेर ९.५३ प्रतिशत पुगेको छ ।
समिक्षा अवधिमा लघुवित्तको प्रति सेयर आम्दानी १३.९७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५९.६४ रुपैयाँ रहेको छ ।