कुलेखानी-कलंकी-हुमाने सडकखण्ड १९ दिनसम्म बन्द « Arthapath.com
१ जेष्ठ २०८२, बुधबार

कुलेखानी-कलंकी-हुमाने सडकखण्ड १९ दिनसम्म बन्द



काठमाडौं । कुलेखानी देखी कलंकी हुदै हुमाने सडकखण्ड कालोपत्रे गर्न लागिएकोले उक्त सडकखण्ड जेठ २ गतेदेखि २० गतेसम्म १९ दिनसम्म बन्द हुने भएको छ ।

सडक कालोपत्रे गर्न लागेकाले उक्त ठाँउमाम सवारी साधनहरु पूर्णरुपमा बन्द गर्न लागिएकाले हेटौंडा देखी काठमाडौं वा काठमाडौं देखी हेटौंडासम्म यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशाशनले सुचना प्रकाशन गरेको छ ।

विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनामा लेखिएको छ, ‘इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी देखी कलंकी हुदै हुमाने सडकखण्ड कालोपत्रे गर्ने प्रयोजनार्थ मिति जेठ २ गतेदेखि जेठ २० गतेसम्म १९ दिनका लागि उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनहरुले (कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक) को प्रयोग गर्न सम्बन्धित सबैलाइ सुचनाद्वारा जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्