शिक्षक आन्दोलनले पठनपाठन अवरुद्ध, बिदामा पनि कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं । पछिल्लो समय शिक्षकहरूको आन्दोलनका कारण प्रभावित भएको पठनपाठनलाई सम्हाल्न विद्यालयहरुलाई आग्रह गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूलाई हिउँदे वा वर्षे बिदाको समयमा अतिरिक्त कक्षा सञ्चालन गर्न अनुरोध गरेको हो ।
नेपाल शिक्षक महासंघले बिदाको समयमा समेत शिक्षण कार्यलाई निरन्तरता दिन शिक्षकहरूलाई निर्देशन दिएपछि मन्त्रालयले सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय र व्यवस्था मिलाउन सुझाव दिएको हो ।
मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ,‘विद्यार्थीको सिकाइ सुधारमा केन्द्रित भएर शिक्षकहरूले देखाएको प्रतिबद्धतालाई अझ सशक्त बनाउन सबै स्थानीय तह, विद्यालयहरू र सरोकारवालाहरूले सहकार्य, समन्वय र सहजीकरणमा सक्रिय भूमिका खेल्नुपर्छ।’
गत चैत २० देखि २९ गतेसम्म नेपाल शिक्षक महासंघले शैक्षिक हड्तालको घोषणा गर्दै सडक आन्दोलन गरेकाले सो समयमा नियमित कक्षा सञ्चालन हुन सकेको थिएन।
Pressreleases_xcpu0ri