पेट्रोल–डिजेलको आपूर्ति रोकिएको छैन, तेल बजारमा गइरहेको छः आयल निगम « Arthapath.com
१ जेष्ठ २०८२, बुधबार

पेट्रोल–डिजेलको आपूर्ति रोकिएको छैन, तेल बजारमा गइरहेको छः आयल निगम



काठमाडाैं । इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सफ्टवयरमा समस्या आउँदा गत आइतबारदेखि देशभर इन्धन आपूर्ति बन्द भएको गुनासो आइरहँदा नेपाल आयल निगमले भने सो समस्या समाधान भइसकेको जनाएको छ ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार मात्रै सिस्टममा अलिकति समस्या आएको तर यसले काम नरोकिएको बताए । उनले भने, ‘काम अहिले पनि चलिरहेकै छ । सेल्सको लागि गाडीहरु निस्किरहेको छ । तेल बजारमा गइरहेको छ । कुनै समस्या छैन।’

हिजो मंगलबारदेखि बिग्रेको प्रणाली अहिलेसम्म सञ्चालनमा भने आएको छैन । मंगलबार हाइभोल्टेज प्रवाह हुँदा सिस्टममा समस्या आएकाले एक्सपटहरुले मर्मतको काम गरिरहेको प्रवक्ता ठाकुरले बताए ।

उनले भने, ‘२/४ पोटलहरुमा समस्या आएको हो । सबै समाधान भइसक्यो फाइनल काम हुँदैछ, गाडी त सेल्स भइरहेको छ रोकिएको छैन थानकोटबाट सेल्स सुरु भइसकेको छ ।’

सिस्टममा समस्या आउँदा आइतबारदेखि पम्पहरूले तेल नपाएको र पुरानो स्टोरेज सकिएर अधिकांश पम्प बन्द हुन थालेको गुनासो आइरहेको थियो । तर सिस्टमको समस्या पनि चाँडै समाधान हुने आपूर्ति सहज हुने निगमले जनाएको छ ।

निगमले इआरपी सफ्टवेयरमार्फत तेल खरिद गर्ने पेट्रोलपम्पबाट रकम संकलन गर्ने र इआरपी बिलिङका आधारमा पम्पलाई तेल दिएर पठाउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्