पर्वतारोहणबाट साढे ९ करोड राजस्व उठ्न बाँकी

काठमाडाैं । सरकारले नेपाल पर्वतारोहण संघबाट साढे ९ करोड रूपैयाँ राजस्व उठाउन बाँकी छ ।
महालेखापरीक्षकको कार्यालय बुधवार सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार सरकारले पर्वतारोहण संघबाट गत आर्थिक वर्ष २०८०/८१ मा ९ करोड ६३ लाख २६ हजार रूपैयाँ राजस्व उठाउनु पर्ने देखाएको हो ।
सकारले सङ्घबाट अघिल्लाे आर्थिक वर्ष ५ करोड २० लाख ६१ हजार रूपैयाँ राजस्व उठाएको थियो भने गत वर्ष रोयल्टीबापत १० करोड ३६ लाख ७९ हजार रूपैयाँ उठाएको छ ।
यस्तै सरकारले २०८०-४-९ सम्मको लागि देशभरका ६ हजार मिटर उचाइसम्मका २७ हिमचुलीको रोयल्टी दस्तुर सङ्कलन गर्न नेपाल पर्वतारोहण सङ्घलाई जिम्मेवारी दिएकोमा २०८०-७-२३ मा उक्त अवधि पुनः ५ वर्षको लागि थप गरेको छ।