गभर्नर छनाेट समितिकाे विज्ञ सदस्यमा पाण्डे

काठमाडाैँ । सरकारले गभर्नर छनाेट समितिकाे रिक्त सदस्यमा डा. पाेषराज पाण्डेलाई मनाेनित गरेकाे छ ।
बुधबार बसेकाे मन्त्रीपरिषद बैठकले यसअघि विज्ञ सदस्य रहेका डा. विश्व पाैडेलले राजिनामा दिएपछि रिक्त रहेकाे सदस्यमा डा. पाण्डेेलाई मनाेनयन गरेकाे हाे ।
अव सरकाले गभर्नर नियुक्ती प्रकृया अघि बढाउने भएकाे छ । अर्का सदस्य पुर्व गभर्नर महाप्रसाद अधिकारी पनि गैरकानुनि रहेकाे भन्दै सर्वाेेच्च अदालतमा मुद्धा परेकाे छ ।
नवनियुक्त सदस्य पाण्डे कांग्रेस निकट अर्थसास्त्री हुन् ।