प्रतिताेला ३००० रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

प्रतिताेला ३००० रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्यमा भारी अंकले बढाेत्तरी भएकाे छ । बिहिबार ताेलामा ३५ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य शुक्रबार ३ हजार रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्