‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित सगरमाथा संवाद सुरू

काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सगरमाथा संवाद सुरू भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढीको सहभागीता छ। समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी छन्।
संवादमार्फत नेपालले विश्वका महत्वपूर्ण मुद्दाहरू, क्षेत्रीय र राष्ट्रिय महत्वरस्वार्थका विषयहरू उठाउने र त्यसमाथि गहन छलफल गर्ने लक्ष्य लिइएको छ ।
विश्वकै अग्लो शिखर जुन नेपालमा छ, यसैको नाम ‘सगरमाथा’ बाट यस डायलग फोरमको नाम राखिएको हो । समारोहमा विशिष्ट अतिथिहरूले सम्बोधन गर्ने क्रम जारी छ।
पहिलो संस्करणमा नेपालले ‘क्लाइमेट चेन्ज, माउन्टेन एन्ड फ्युचर अफ ह्युमनिटी’ अर्थात् ‘जलवायु प रिवर्तन, पर्वतहरू र मानव भविष्य’ भन्ने मुख्य विषयमा बृहत् छलफल गर्दैछ । सगरमाथा संवादमा ५ वटा थिममा विभिन्न १३ वटा सेसनहरू सञ्चालन हुनेछन् ।