प्रतितोला ६०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । गत शुक्रबार ताेलामा ३००० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला ६०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यता आज चाँदीको मूल्य स्थिर छ । गत शुक्रबार प्रतितोला १ हजार ९४५ रुपैयाँमा काराेबार भएकाे चाँदी आज पनि साेहि मूल्यमा काराेबार भइरहेकाे छ ।