स्काईवेलको ‘एक्सचेन्ज अफर’ सुरु, लक्जरी ईभी खरिदमा युरोप टुरको अवसर « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

स्काईवेलको ‘एक्सचेन्ज अफर’ सुरु, लक्जरी ईभी खरिदमा युरोप टुरको अवसर



काठमाडाैं । जि मोटर्स प्रालि स्काईवेलका बिधुतिय सवारिको आधिकारीक बितरकले ‘स्काईवेल एक्सचेन्ज अफरु अपग्रेड टु स्काईवेल-ड्राईभ लक्जरी ईभी यसयुभी’ सार्वजनिक गरेको छ ।

प्री-बजेट अफरअन्तर्गत एक विशेष अफरको रुपमा कम्पनीले बजेटले मूल्यवृद्धि हुनु अगावै लक्जरी, प्रीमियम ईभी र रियल यसयुभिमा अपग्रेड हुने सुनौलो मौकाको रुपमा कम्पनीको नक्साल-काठमाडौं, राधेराधे-भक्तपुर, ईटहरी-सुनसरी, बिराटनगर, पोखरा र चितवनका सबै शोरुममा अफर प्राप्त हुने जनाएको छ ।

साथै उक्त अवसरमा हरेक स्काईवेल खरिदमा एक कपल्सले युरोप टुर प्राप्त गर्नुका साथै स्पेशल छुट र एक्सचेन्ज अफरमा बिशेष बोनस समेत प्राप्त हुनेछ ।

लोन सुविधाका लागी २० डाउनपेमेन्ट दिएर फाईनान्स पनी सुविधा रहेको प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिए। एक्सचेन्ज अफर आजबाट शुरु भएर जेस्ठ ५ गते सम्म हुनेछ ।

हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५-६२० किमि प्रीमियम बिधुतिय यसयुभि बिक्री-वितरण भईसकेका छन भने आज बाट शुरु भएको अफरमा ७ वटा बुकिङ रहेको छ । ईटि ५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम यसयुभि बिक्रीका लागी उपलब्ध रहेका छन ।

नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु-भागमा सहजै यात्रा गर्न सक्नु हुनेछ ।

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।


प्रतिक्रिया दिनुहोस्