नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा विषेश छुट « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा विषेश छुट



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुढानिलकण्ठ स्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र होलिडे इन रिसोर्ट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने भएको छ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्