स्याकार ट्रेडिङद्वारा होण्डाका ग्राहकलक्षित फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडिको टेस्ट ड्राईभ सम्पन्न « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

स्याकार ट्रेडिङद्वारा होण्डाका ग्राहकलक्षित फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडिको टेस्ट ड्राईभ सम्पन्न



काठमाडाैं । नेपालका लागि हाेण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ होण्डाका ग्राहकहरूका लागि फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेस्ट ड्राईभ सम्पन्न गरेको छ ।

कम्पनीले होण्डा गाडीका ग्राहकहरुलाई मध्यनजर गरि बिराटनगर धरान इटहरी दमक बिर्तामोड आदि सहरहरुलाई लक्षित गरि ३ दिनको कार्यक्रम बिराटनगर स्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर सुपथ अटो सर्भिस सेन्टरमा फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेस्ट ड्राईभ सम्पन्न गरेको हाे ।

जसमा कम्पनिले लेबर चार्जमा २०५, पार्टसमा ७५, ल्युबमा ५५ र एचडिएस स्क्यानका साथै २००१ मोडल देखि २०१४ मोडल सम्मका कम्पनिले तोकिएका गाडीहरुमा होण्डा सेफ्टि रि कल अन्तर्गत फ्रिमा एयर ब्याग पनि परिवर्तन गरेको छ ।

भविष्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्