काठमाडौंका दुई वडामा भूमिगत पानी पुनर्भरण प्रणाली स्थापना तथा हस्तान्तरण « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

काठमाडौंका दुई वडामा भूमिगत पानी पुनर्भरण प्रणाली स्थापना तथा हस्तान्तरण



काठमाडौं । काठमाडौं उपत्यकाका बासिन्दाहरूको खानेपानीको प्रमुख स्रोत पहिलेदेखि नै भूमिगत पानी रहेको छ। उपत्यकाका हरेक कुनामा ढुङ्गेधारा, इनार र कुवाहरू जस्ता प्राकृतिक पानीका स्रोतहरू देख्न सकिन्छ ।

तर गत दुई दशकदेखि अत्यधिक भूमिगत पानी निकाल्ने, अव्यवस्थित भवन निर्माण र सडक निर्माणले उपत्यकामा भूमिगत पानीको स्तरमा उल्लेखनीय कमी आएको छ । छोटो अवधिमा अत्यधिक वर्षा हुने र वर्षाको प्रणालीमा आएको परिवर्तनले पनि भूमिगत पानी पुनर्भरणको प्राकृतिक प्रक्रियामा असर पारेको छ ।

यी समस्याहरूलाई सम्बोधन गर्न र कृत्रिम भूमिगत पानी पुनर्भरण पहलहरू मार्फत भूमिगत पानीलाई पुनर्भरण गर्न, शहरी पानी व्यवस्थापनमा सार्वजनिक÷निजी÷साझेदारी (पिपिपि) मोडेल प्रदर्शन गर्दै, बोटलर्स नेपाल लिमिटेड (बिएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआइयुडी) ले २०८१ मा काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ र २५ मा भूमिगत पानी पुनर्भरण परियोजना कार्यान्वयन गरेको छ ।

छनौट गरिएका स्थानहरूमा भूमिगत पानीको स्तर बढाउने, कम लागतको भूमिगत पानी पुनर्भरण प्रविधिको प्रदर्शन गर्ने र स्थानीय सरकार र समुदायहरूलाई यस्तै उद्देश्यहरू दोहो¥याउन र बढाउन प्रेरित गर्ने प्रमुख उद्देश्यका साथ, यस परियोजनाले वडा २५ मा ६ र वडा २२ मा ५ पुनर्भरण प्रणालीहरू स्थापना गरेको छ ।

प्रत्येक प्रणालीमा एउटा पुनर्भरण कुवा र एउटा फिल्टर चेम्बर रहेको छ । कुवाको औसत गहिराई २० फिट रहेको छ ।
परियोजना सफलतापूर्वक सम्पन्न भएपछि, सीआइयुडी र बिएनएलले संयुक्त रूपमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, वडा सदस्यहरु र स्थानीय समूहहरूको उपस्थितिमा वडा २२ र वडा २५ का अध्यक्षहरूलाई भूमिगत पानी पुनर्भरण प्रणालीहरू हस्तान्तरण गरे।

उक्त अवसरमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, “काठमाडौँमा पानी रिचार्जको आवश्यकता भएकोले, हामी काठमाडौँका धेरै क्षेत्रमा पानी रिचार्ज प्रणालीका लागि सीआइयुडी र बोटलर्स नेपालसँग काम गरिरहेका छौं र यसका सकारात्मक प्रभावहरू पनि देखिरहेका छौं । आज, काठमाडौंको मुख्य क्षेत्र मानिने वडा २२ र २५ मा यो परियोजना कार्यान्वयन गर्न सक्षम भएकोमा हामी धेरै खुसी छौं । जतिबेला यस परियोजनाको प्रत्यक्ष प्रभाव यस क्षेत्रका समुदायहरूले अनुभव गर्नेछन्, निश्चित रूपमा हामी परियोजनाको वास्तविक सफलता त्यतिबेला मनाउनेछौं ।”

यी प्रणालीहरूले वार्षिक रूपमा लगभग ८,६२४ किलो लिटर पानी पुनर्भरण गर्न मद्दत गर्ने र त्यसद्वारा हस्तक्षेप क्षेत्रको भूमिगत पानीको तहलाई स्थिर पार्ने अनुमान गरिएको छ । परियोजना वडा २२ र २५ का दुवै सदस्यहरूसँग निकट सहकार्यमा कार्यान्वयन गरिएको थियो, साथै संकटा क्लब, ग्वाहाली दाबु, आर्यावलोकितेश्वर जस्ता विभिन्न सुधार समूह, केल अचाजु गुठी र
मछिन्द्र क्लब जस्ता महत्वपूर्ण समुदायिक समूहहरूले पनि परियोजनामा आफ्नो महत्वपूर्ण योगदान गरेका थिए ।

काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३ को रानीबारी, ठिमी नगरपालिकाको युसिइपि, ललितपुर महानगरपालिकाको लगनखेलको राजदल आर्मी ब्यारेक र काठमाडौँ महानगरपालिकाको वडा १६ को बालाजु पार्कमा यो परियोजना सफल कार्यान्वयन हुनुबोटलर्स नेपाल लिमिटेड, सीआइयुडी र वाटरएड नेपालको त्रिपक्षीय सहकार्यको निरन्तरता हो । यो साझेदारीले अघिल्ला परियोजनाहरूमार्फत वार्षिक रूपमा लगभग १,५६,००० किलो लिटर भूमिगत पानी पुनर्भरण गरिरहेको छ ।

नेपालमा कोकाकोला बेभरेजको विवरण

कोकाकोला बेभरेज नेपालले कोका—कोला, स्प्राइट, फान्टा र किन्ले जस्ता मुख्य उत्पादनहरू मार्फत देशभरका उपभोक्ताहरूलाई ताजगी दिन्छ र हजारौंलाई एक प्रणालीको रूपमा प्रभावित पार्छ । कम्पनीले वाटरएड नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआइयुडी), स्मार्टपानी र सप्लायर्ससँग पानी संरक्षण, पानी पुनर्भरण र समुदायहरूको जीवनयापन सुधार गर्नका लागि नयाँ एकीकृत पानी व्यवस्थापन समाधानहरूमा काम गर्दछ, जसले कोकाकोलालाई पानी सकारात्मक कम्पनी बनाएको छ ।

राम्रो फोहोर व्यवस्थापनका लागि द कोकाकोला कम्पनीको विश्वव्यापी प्रतिबद्धताको हिस्साको रूपमा, कोकाकोला बेभरेज नेपालले २०३० सम्ममा बेचिने हरेक बोतल संकलन र पुनः प्रयोग गर्ने विश्वव्यापी मिशनलाई समर्थन गर्न डोको रिसाइक्लर्स र खालीसिसी जस्ता कम्पनीहरूसँग काम गरिरहेको छ ।

सक्षम कार्यक्रम मार्फत, कोकाकोला बेभरेज नेपाल र कोकाकोला नेपालले वित्तीय साक्षरता, आतिथ्यता र सरसफाई व्यवस्थापन, र डिजिटल वालेटको प्रयोगमा प्रशिक्षण प्रदान गरेर ३००० भन्दा बढी महिला खुद्रा व्यापारीहरूलाई सशक्तिकरण गरिरहेका छन् । कोकाकोला बेभरेज नेपाल देशभरका समुदायहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन स्थानीय स्तरमा सान्दर्भिक पहलहरूमा निरन्तर संलग्न छ ।

सीआइयुडीको विवरण

कोकाकोला बेभरेज नेपालसँग सहकार्यमा रहेको सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआइयुडी) एक गैरसरकारी संस्था हो । जसले मानिस केन्द्रित शहरी विकासलाई बढावा दिन्छ । यसले बस्न योग्य शहरहरूका लागि समुदायमा आधारित, दिगो समाधानहरू खोज्छ र शहरी चुनौतीहरू सम्बोधन गर्न सरकारी प्रयासहरूलाई पूरक बनाउन नगरपालिकाहरूसँग सहकार्य गर्दछ।

आफ्ना पहलहरूको हिस्साको रूपमा, काठमाडौँ महानगरपालिका (के एम सी) ले विद्यार्थीहरूलाई किताब बाहिरका कुराहरू बुझ्नका लागि ‘बुक फ्री फ्राइडे’ लागू गरेको छ । यसबाहेक ‘बालबालिका र वातावरण’ परियोजनाले के एम सी अन्तर्गतका समुदायमा आधारित विद्यालयहरूका लागि ज्ञान बढाउने प्रयास पनि गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्