पुरुषको मानसिक स्वास्थ्यका लागि काठमाडौंमा ५०० भन्दा बढी राइडरको ऐक्यवद्ध र्‍याली « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

पुरुषको मानसिक स्वास्थ्यका लागि काठमाडौंमा ५०० भन्दा बढी राइडरको ऐक्यवद्ध र्‍याली



काठमाडौं । काठमाडौंका सडकमा क्लासिक र भिन्टेज मोटरसाइकलमा सजिएका ५०० भन्दा बढी राइडरहरू सुन्दर शैलीमा एकताबद्ध रूपमा विशेष उद्देश्यसहित उत्रिएका थिए । वार्षिक रूपमा फोर नेपालद्वारा आयोजित ुडिस्टिङ्गुइस्ड जेन्टलम्यान्स राइड ९डिजिआर०ु ले यस वर्ष नेपालमा पुरुषहरूको मानसिक स्वास्थ्य र प्रोस्टेट क्यान्सरप्रति जनचेतना फैलाउने र कोष सङ्कलन गर्ने अभियानलाई थप बलियो बनाउँदै नयाँ उपलब्धि हासिल गरेको छ ।

यस वर्षको प्रमुख प्रायोजक ट्रायम्फ मोटरसाइकल्स नेपाल रहयो, जसको साथले यस अभियानलाई ठुलो, व्यापक र प्रभावशाली बन्न सघायो । राइड नक्सालस्थित ट्रायम्फ शोरुमबाट पुगेर, पुनः नक्सालस्थित बाइकर्स क्याफेमा सम्पन्न भएको थियो ।

फोर नेपालका अध्यक्ष सुनील मानन्धर भन्छन्, भक्तपुर ‘हरेक वर्ष हामीले यस राइडलाई विस्तार गरिरहेका छौं, तर यस वर्ष विशेष रह्यो । नेपालमा ट्रायम्फको साथले ऊर्जा र स्केल दुवै थपियो। हामी यो सहकार्यप्रति गर्वित छौं र यस्तो समर्थन आगामी वर्षहरूमा पनि जारी रहने विश्वास लिएका छौं ।’ 

यसपटक काठमाडौँ मात्र नभई धरान, चितवन र मकवानपुरमा समेत समानान्तर रूपमा डिजिआर कार्यक्रमहरू सम्पन्न भए, जसले देशव्यापी सहभागिता र प्रतिबद्धता प्रस्तुत गर्यो । नेपालका राइडरहरूले १४ सय अमेरिकी डलरभन्दा बढी रकम सङ्कलन गरी विश्वव्यापी अभियानमा योगदान पुऱ्याए ।

कार्यक्रममा मानसिक स्वास्थ्यबारे सार्थक संवाद पनि सुरु भयो । आत्मन अस्पताल तथा हिलिङ सेन्टरकी निर्देशक एवं मानसिक स्वास्थ्य विशेषज्ञ साधना थापाले मानसिक स्वास्थ्य कमजोरी नभइ यो हाम्रो सम्पूर्ण स्वास्थ्यको अभिन्न अङ्ग भएको बताइन्। मौन पीडा सहिरहेका पुरुषहरूका ुलागि यस्ता कार्यक्रमहरूले विशेषगरी संवादको ढोका खोल्ने उनको भनाइ छ । 

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले नेपालमा अन्ततः डिजिआरको हिस्साको रूपमा ट्रायम्फ सहभागी हुनुले यस वर्षलाई साँच्चिकै विशेष बनाएको बताए। ‘पुरुषहरूको स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्ने यस्ता महत्वपूर्ण अभियानमा सहभागी भई विश्वभरका राइडरहरूलाई एउटै उद्देश्यले जोड्न पाउनु गर्वको क्षण हो’ उनले भने

कार्यक्रममा कैयौँ चर्चित व्यक्तित्व र सेलिब्रेटीहरूको उपस्थितिले यसको पहुँच र प्रभाव अझ बढ थियो। डिजिआर २०२५ केवल मोटरसाइकल राइड नभई स्टाइल, सहानुभूति र समुदायको उत्सव बन्न पुग्यो, जसले खुला संवादलाई प्रोत्साहन गर्यो, कलक तोड्यो र गहिरो सम्बन्ध निर्माण गर्यो ।


प्रतिक्रिया दिनुहोस्