सिमेन्ट कंक्रिट रोड निर्माणले नेपालको पूर्वाधारमा नयाँ क्रान्ति ल्याउँछः उप-प्रधानमन्त्री सिंह

काठमाडौं । उप-प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको पूर्वाधार विकासमा सिमेन्ट कंक्रिट रोड अवधारणाले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
सोमबार सिमेन्ट उत्पादक संघद्धारा ललितपुरमा आयोजित सिमेन्ट कंक्रिट रोड कन्क्लेभमा उनले नेपालको जस्तो भू बनावटमा सिमेन्ट कंक्रिट रोडले सडक सूरक्षा तथा बाटोको गुणस्तरियता र सडक मर्मत खर्च नगण्य बन्ने बताए ।
नेपालको रफ टेरेन्ट तथा ट्वीस्ट एण्ड टर्न भएको स्थानमा सिमेन्ट कंक्रिट रोड निमार्ण भइरहेको भन्दै उनले यसमा सरकारकाे पनि पूर्ण समर्थनकाे प्रतिवद्धता व्यक्त गरे ।
सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भएको भन्दै उनले कंक्रिट रोडका लागि आवस्यक पर्ने कच्चा पदार्थ आन्तरीक रुपमा उपलब्ध भएको र मुलुकको पूवाधार विकासमा आफ्नै उत्पादन प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ ।