क्रसर उद्योगको मापदण्ड र प्रक्रिया सुधार्न आवश्यक छः उद्याेगमन्त्री भण्डारी

काठमाडाैं। उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री दामाेदर भण्डारीले नेपाल सिमेन्ट उद्योगमा आत्मनिर्भर बन्दा यसले देशको विकास र पूर्वाधार निर्माणमा नयाँ युगको शुरुवात गरेको बताएका छन् ।
सिमेन्ट उत्पादक संघद्धारा ललितपुरमा आयोजित सिमेन्ट कंक्रिट रोड कन्क्लेभमा उनले सिमेन्ट उद्याेगमा आत्मनिर्भर बन्दा हामीले पूर्वाधार निर्माणलाई थप व्यवस्थित, गुणस्तरीय र दिगो बनाउन सकिने बताए ।
यस्तै मन्त्री भण्डारीले यसका लागि मन्त्रालयकाे तर्फबाट गरिनुपर्ने सहजिकरणाका लागि तयार रहेकाे पनि बताए ।
आन्तरिक स्रोतहरूको अधिकतम प्रयोगबाट आयात प्रतिस्थापन गरी विदेशी मुद्रा सञ्चिति बढाउन सकिने उनकाे भनाइ छ ।
सरकारले सडक र भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक लगानी गरिरहेको भन्दै उनले वर्तमानमा, विभिन्न क्षेत्रका सडकहरूमा ड्युरेबलिटीको अभावले सस्तो निर्माण सामग्रीको प्रयोग गर्दा दीर्घकालीन समस्या उत्पन्न भएको पनि बताए ।
वर्षौंदेखि सडकको गुणस्तर घट्न थालेको अवस्थामा सिमेन्ट र डण्डीको प्रयोगले मात्र सडकहरूको गुणस्तरीयता सुधार्न सकिने भन्दै उनले पहाडी र घुम्ती सडकहरूमा गुणस्तरीय सिमेन्टको प्रयोगबाट नेपालकाे यात्रालाई थप सहज र सूरक्षित बनाउन सकिने विश्वास व्यक्त गरे ।
यस्तै उनले नेपालमा भएका ८०० भन्दा बढी क्रसर उद्योगहरूको मापदण्ड र प्रक्रिया अझै सुधार्न आवश्यक रहेकाे बताए ।
छ। उनले भने, ‘आज नेपालका नदीहरूमा बालुवा र माटोको अत्यधिक दोहन भइरहेको छ, जसले प्राकृतिक संसाधनमा अत्यधिक दबाब सिर्जना गरेको छ। तर यदि यसलाई व्यवस्थित रूपमा प्रयोग गरियो भने, यसले निर्माण उद्योगलाई एक नयाँ दिशा दिने छ।’