सांसद सुमना श्रेष्ठकाे प्रश्न: मिटर ब्याजीले कहिले पाउछन् न्याय ? « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

सांसद सुमना श्रेष्ठकाे प्रश्न: मिटर ब्याजीले कहिले पाउछन् न्याय ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मंगरकार बसेको प्रतिनिधि सभाको बैटकमा मिटर ब्याजी पीडितको समस्या समाधान गरी समयमै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी छिन्।

प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले मिटर ब्याजपीडितको समस्या समाधानका लागि विभिन्न आयोग बने पनि त्यसका प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पीडितको समस्या समाधान गरी समयमै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी हुन्।

श्रेष्ठेले सर्वोच्चका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र पूर्वन्यायाधीश तेजबहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत भए ८० प्रतिशत मिटर ब्याजपीडितको समस्या समाधान हुने बताएकि छिन्।

यसका लागि आफ्नो(अर्को नभनी सबैमाथि अनुसन्धान हुनुपर्ने श्रेष्ठेको भनाइ छ। श्रेष्ठले आयोगमाथि आयोग बनाउने र पीडितको समस्या गिजोलिरहने राज्यको नीति सही नभएको धारणा राखेकि छिन्।

उनले राज्यले नै मिटर ब्याजपीडित आन्दोलन गर्न बाध्य पारिरहेको समेत बताएकि छिन्। यसअघिको आयोगलाई असफल बनाएर अहिले कामचलाउन प्रतिवेदन तयार गर्न अर्को आयोग बनाइएको उनले बताइन्। श्रेष्ठले आफ्नो पार्टीको साहुमहाजन जोगाउन पीडितमाथि राजनीति नगर्न सुझावसमेत दिएकि छिन्।


प्रतिक्रिया दिनुहोस्