पल्सर एन १२५ लहानमा सांगीतिक कार्यक्रमबीच लन्च हुँदै « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

पल्सर एन १२५ लहानमा सांगीतिक कार्यक्रमबीच लन्च हुँदै



काडमाडाैं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले लहानमा पल्सर एन १२५ को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन १२५ को लन्च संगीतमय साँझ मार्फत गरिँदैछ।

जेठ ७ गते साँझ ६ः३० बजेदेखि चौधरी होटल, लहानमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निशुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र मानियाको लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्नुहुनेछ ।

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन १२५ हो, जसमा १२४.५८ सिसि एयर कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ किलोवाट पावर र ११ एनएम टर्क उत्पादन गर्दछ। यो १२५ सिसि सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने एन १२५ लाई लहानमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ।


प्रतिक्रिया दिनुहोस्