अन्तर्राष्ट्रिय मानव संसाधन दिवसको उपलक्ष्यमा पैदल र्याली

काठमाडाैं । मानव संसाधन क्षेत्रमा काम गरिरहेका विज्ञहरुले अन्तर्राष्ट्रिय मानव संसाधन दिवसका रुपमा २० मे २०२५ लाई हरेक बर्ष विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै आइरहेका छन् ।
नेपालमा २० मे २०२५ मा १०० भन्दा बढी संघ संस्थाका मानव संसाधन विज्ञहरुको उपस्थितिमा मानव संसाधन समाज नेपालले दोश्रो पटक अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाएको छ ।
मानव संसाधन समाज नेपाल (एनएचआरडिएन) गैर नाफामुलक सामाजिक संस्था हो जुन सन् २०१३ मा वरिष्ठ मानव संसाधन विज्ञहरू द्वारा स्थापित गरिएको हो । यसले मानव संसाधन क्षेत्रलाई व्यवस्थापनको एक महत्वपूर्ण पक्षको रूपमा सुदृढ र सशक्त बढाउनुका साथै मानव संसाधन क्षेत्रका विज्ञहरूको विज्ञतालाई अझ अभिबृद्धि गर्दै निरन्तर रुपमा यसको दायरा बढाउँदै लैजाने गर्दछ ।
मानव संसाधन समाज नेपालको प्रादेशीक च्याप्टर बाहेक, आफ्नो अन्तर्राष्ट्रिय सम्बद्धता भारतको केमकेल सँग रहेको छ । मानव संसाधन समाज नेपालले मासिक रुपमा नलेज शेयरिङ शेसन (केएसएस), तालिम र सीप विकास कार्यक्रमहरू र राष्ट्रिय मानव संसाधन सम्मेलनहरू जस्ता विभिन्न नियमित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
मानव संसाधन समाजको आयोजनामा आज नेपालमा दोश्रो पटक विश्व मानव संसाधन दिवस “ह्युमनिफाइएआईले मानव संसाधनलाई एकसाथ अगाडि बढाइरहेको छ: नयाँ तरिकाले अगाडि बढिरहेको छ। डिजिटल संसारमा अगाडि बढिरहेको छ” भन्ने नाराका साथ पैदल र्याली गरि मनाइयो । केएल द गड ग्रुप अफिस चारखालबाट सुरु भई बगबजार चोक, स्टार मल, सिटि सेन्टर हुँदै पुनः के एल द गड ग्रुप अफिस चारखाल आएर सामान्य कोणसभा गरी समापन भयो ।
पैदल र्यालीको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मानव संसाधन दिवसको उत्सव मनाउनु र विभिन्न संस्थाहरुका मानव संसाधन-एचआर पेशागतहरुलाई एकत्रित गरी मानव संसाधन समुदायमा एकता र उत्साह बढाउनु हो ।
संगठनात्मक सफलतामा मानव संसाधनलाई डिजिटल वोल्र्ड सङ जोड्ने महत्त्वपूर्ण भूमिकालाई मान्यता दिन यो कार्यक्रमले महत्वपूर्ण कदमको रूपमा रहेको कार्यक्रममा उल्लेख गरियो ।