नेपालमा पहिलो पटक सस्तो ब्याजदरमा ‘प्रोटोन ई.मास ७’ किन्न सकिने, कर्जा स्वीकृत पनि ६० मिनेटमै « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

नेपालमा पहिलो पटक सस्तो ब्याजदरमा ‘प्रोटोन ई.मास ७’ किन्न सकिने, कर्जा स्वीकृत पनि ६० मिनेटमै



काठमाडौं । नेपालमा प्रोटोन सवारीसाधनको एकमात्र आधिकारिक वितरक, जगदम्बा मोटर्स प्रालिले आफ्नो विद्युतीय सवारी प्रोटोन ई.मास ७ का लागि नयाँ र अभूतपूर्व फाइनान्स योजना सार्वजनिक गरेको छ।

अब ग्राहकहरूले सिर्फ ६० मिनेटभित्र फाइनान्स स्वीकृति पाउन सक्नेछन् र केवल ४.९९ प्रतिशत ब्याजदरमा सवारीसाधन किन्न सक्नेछन्, जुन नेपालकै अटोमोबाइल क्षेत्रमा पहिलो पटक भएको छ।

यस योजनाले विद्युतीय सवारीलाई अझ सहज, सुलभ र किफायती बनाउँदै, प्रोटोन ई.मास ७ को अपनत्वलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य लिएको छ। जगदम्बा मोटर्सले आफ्नो ग्राहक–प्रथम नीति अन्तर्गत यस्तो पहल ल्याएको हो, जसले समावेशी र दिगो मोटरिङ भविष्यतर्फ नेपाललाई अघि बढाउनेछ।

नेपालमा विद्युतीय सवारीको अपनत्वलाई तीव्र बनाउन प्रतिवद्ध रहेको भन्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले वित्तीय पहुँचको बाधा हटाउने र सवारी सुलभ बनाउने कम्पनीको मुख्य उद्देश्य रहेको बताए । यस ६० मिनेटको फाइनान्स स्वीकृति योजना र ४.९९५ ब्याजदरले नेपाली उपभोक्ताहरूलाई सफा, सस्तो र सजिलो विद्युतीय सवारी रोज्न प्रेरणा दिने कम्पनीले जनाए को छ।

प्रोटोन ई.मास ७ ले पहिले नै आफ्नो प्रदर्शन, सुरक्षा र भविष्यमुखी डिजाइन को कारण लोकप्रियता कमाएको छ। यो नयाँ योजना सँगै प्रोटोन ई.मास ७ को माग अझ बढ्ने अपेक्षा गरिएको छ, जसले गर्दा उपभोक्ताहरूलाई विद्युतीय सवारीतर्फ सजिलै रूपान्तरण गर्न सहयोग पुग्नेछ।


प्रतिक्रिया दिनुहोस्