बन्दी प्रत्यक्षीकरण मुद्दा : रवि लामिछाने पक्षको बहस सकिएन, बुधबार फेरि सुनुवाइ « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

बन्दी प्रत्यक्षीकरण मुद्दा : रवि लामिछाने पक्षको बहस सकिएन, बुधबार फेरि सुनुवाइ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

मंगलबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

लामिछानेको पक्षबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा र दिपेन्द्र झाला लगायतले बहस गरे। अदालतले बहस छोट्याउन आग्रह गरे पनि मंगलबार कानुनी प्रतिनिधिहरूले समय नपुगेर सम्पूर्ण बहस सक्न सकेनन् ।

बुधबार पूर्वडीआईजी छविलाल जोशी, पीडितका प्रतिनिधि र सरकारी वकिलले बहस गर्ने कार्यक्रम छ। त्यसपछि जवाफी बहस हुनेछ ।

यस रिटसँगै लामिछाने र पूर्व डीआईजी जोशीविरुद्ध उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई लक्षित दुई छुट्टाछुट्टै रिट पनि संयुक्त रूपमा सुनुवाइमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्