एनसेलले ल्यायो साप्ताहिक ९९ रुपैयाँमा तीनवटा साप्ताहिक ‘रिन्यूअल प्याक’

काठमाडौं । सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याक सञ्चालनमा ल्याएको छ ।
एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू सञ्चालनमा ल्याइएका हुन् ।
यी प्याकहरू मंगलबारदेखि लागु भएका छन् । भ्वाइस प्याकअन्तर्गत प्रिप्रड ग्राहकहरूले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरूमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक करसहित ९९ रुपैयाँमा लिन सकिने छ ।
हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ रुपैयाँमा दुई जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र अल नेपाल एसएमएस समावेश भएको सधैँ अन प्याक लिन सकिने छ । यसैगरी डेटा मात्र चाहने प्रिपेड ग्राहकले १५० रुपैयाँमा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सकिने छ ।
उक्त प्याकको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफैँ रिन्यू हुने हो । जसले ग्राहकलाई बारम्बार प्याकहरू लिनपर्ने झन्झटबाट मुक्त बनाउँछ । ग्राहकहरूले *१२३*८९# डायल गरी, एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेतामार्फत यी प्याकहरू लिन सकिने छ ।
प्रिपेड ग्राहकले आफ्नो आवश्यकता अनुसार सजिलै सेवाहरू रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याकहरू सञ्चालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ । सेवाहरू निर्वाध रूपमा प्रयोग गर्न, प्रत्येक ७ दिनको रिन्यूअल अर्थात् नवीकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनुपर्ने कम्पनीले जनाएको छ ।