सुर्खेत विमानस्थलमा धावनमार्ग भासिँदा उडान बन्द « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

सुर्खेत विमानस्थलमा धावनमार्ग भासिँदा उडान बन्द



सुर्खेत । धावनमार्ग भासिँदा सुर्खेत विमानस्थलबाट हुने सबै हवाई उडान मंगलबारदेखि पूर्ण रूपमा बन्द भएका छन् । रनवेमा जमिनमुनिबाट पानी निस्किएर खाल्डो पर्न थालेपछि समस्या उत्पन्न भएको हो ।

सुरुमा मर्मत गरिए पनि पुनः अर्को स्थानबाट पानी निस्किन थालेपछि उडान शुक्रबारसम्म स्थगित गरिएको सुर्खेत विमानस्थलले जनाएको छ । शनिबारदेखि सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्