घट्याे सिमेन्ट निर्यात, आन्तरिक माग बढेको हो ?

काठमाडाैं । मुलुककाे व्यापार घाटा कम गर्न याेगदान गर्दै आएको सिमेन्टकाे निर्यात यस वर्ष घटेकाे छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालबाट साढे दुई अर्बको सिमेन्ट निर्यात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको सिमेन्ट भारतमा निर्यात गरेको हो ।
जसमध्ये ६४ करोड ९२ लाख १९ हजार रुपैयाँको ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट क्लिङ्कर र १ अर्ब ७६ करोड ९६ लाख ५६ हजार रुपैयाँको २ लाख ९० हजार १७९ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ।
गत वर्षकाे यस अवधिमा नेपालबाट ३ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिकंर निर्यात भएको थियाे ।
विभागका अनुसार गत वर्ष १ अर्ब ६६ करोड ८७ लाख रुपैयाँको २० लाख ९४ हजार ५७२ टन सिमेन्ट र १ अर्ब ६६ करोड ६७ लाख रुपैयाँबराबरको ४७ लाख १६० टन क्लिकंर निर्यात भएको थियो ।