पतञ्जली जग्गा प्रकरण : अनुसन्धान प्रतिवेदन अख्तियारमा पठाइने

काठमाडौं । सार्वजनिक लेखा समितिले पतञ्जली समूहसँग सम्बन्धित जग्गा प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ ।
बिहीवार बसेको समितिको बैठकले उजुरीका आधारमा मन्त्रालय र सम्बन्धित निकायहरूसँग सोधपुछ गरी तयार पारिएको प्रतिवेदन थप अनुसन्धानका लागि अख्तियारमा सिफारिस गर्ने निर्णय गरेको हो ।
समिति सभापति ऋषिकेश पोखरेलका अनुसार सार्वजनिक लेखा समितिमा प्राप्त उजुरीका विषयमा काम गर्न गठन गरिएको सातवटा उपसमितिको म्याद पनि एक महिनाका लागि थप गरिएको छ । उनका अनुसार काम सम्पन्न गर्न थप समय आवश्यक भएकाले उपसमितिहरूलाई अलिखितरूपमा एक महिनाभित्र प्रतिवेदन पेश गर्नेगरी म्याद थप गरिएको हो ।