सहकारीको ऋण नतिरेको अभियोगमा एमाले नेता अर्याल पक्राउ « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

सहकारीको ऋण नतिरेको अभियोगमा एमाले नेता अर्याल पक्राउ



काठमाडौं । सहकारीको ऋण नतिरेको अभियोगमा एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।

दिगो पर्यटन सहकारी संस्थाबाट २०७४ जेठ ३० गते लिएको ११ लाख ५० हजार रुपैयाँ ऋण वर्षौंसम्म नतिरेपछि अदालतको आदेशमा उनलाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो ।

अर्याल सोही सहकारीको सञ्चालक समितिमा रहेर ऋण लिएका थिए । सहकारीले पटक–पटक मौखिक र लिखित आग्रह गर्दा पनि उनले साँवा र ब्याज तिरेनन् । २०७९ पुस ४ गते सहकारीले काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । अदालतले २०८० असार २७ गते रकम भुक्तानी गर्न आदेश दिएको थियो ।

तर, अदालतको आदेशको समेत बेवास्ता गरेपछि उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्