नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता



काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का र फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागको
तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का र फुकुवा अनलाइनबाटै सम्पन्न हुने छ ।

यसले आवास र सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्