नेपाल बैंकर्स संघका पदाधिकारीले नव नियुक्त गभर्नरलाइ भेटि उनलाई बधाई तथा शुभकामना प्रदान

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारी समितिका पदाधिकारीले आज नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै उनलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् ।
उक्त अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरेका छन् ।
नव नियूक्त गभर्नरले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताएका छन् ।