जुनदेखि बेंगलुरु-मुम्बईबाट काठमाडौंमा एयर इन्डिया एक्सप्रेसको दैनिक उडान

काठमाडाैं । आगामी जुनदेखि टाटा ग्रुपअन्तर्गतको एयर इन्डिया एक्सप्रेसले काठमाडौंका लागि नियमित उडान सुरू गर्ने भएकाे छ।
बेंगलुरु र मुम्बईबाट दैनिक काठमाडौं उडान सञ्चालन गर्न अनुमति पाएसँगै एयर इन्डिया एक्सप्रेसले दैनिक उडान गर्ने भएकाे हाे ।
१ जूनदेखि बेंगलुरुबाट उडान बिहान ८ः५ बजे सीधै काठमाडौं आइपुग्नेछ भने ९ः५ बजे काठमाडौंबाट प्रस्थान गर्नेछ।
नेपाल एयरलाइन्सले बेंगलुरुका लागि नियमित उडान सञ्चालन गरे पनि हालको अवस्थामा कुनै पनि उडान चलिरहेको छैन।
बेंगलुरु नेपाली विद्यार्थीहरूको लोकप्रिय गन्तव्य भएकाले पनि उनीहरूका लागि याे उडान अझै महत्वपूर्ण छ। सँगै यसबाट भारतबाट धार्मिक पर्यटनका लागि नेपाल आउने चाहनाले रहेका यात्रुहरूलाई सहजता प्रदान गर्नेछ ।
यात्रा अझै सरल र रमाइलो बनाउने उद्देश्यले एयर इन्डिया एक्सप्रेसले चालेकाे यो कदमले दुई देशबीच पर्यटन र कनेक्टिभिटी अझ बढी वृद्धि हुने अपेक्षा गरिएकाे छ।