आज सुनको मूल्य तोलामै ११०० रूपैयाँले घट्याे, कतिमा हुँदैछ काराेबार ? « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

आज सुनको मूल्य तोलामै ११०० रूपैयाँले घट्याे, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ११०० रूपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रूपैयाँ निर्धारण भएको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले घटेको छ । बिहिबार प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको २ हजार ५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्