एक अमेरिकी डलर किन्न १३७ रुपैयाँ ३१ पैसा तिर्नुपर्ने, अन्य विदेशी मुद्राकाे विनिमय दर कति ?

काठमाडौं। शुक्रबार अमेरीकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ ।
यो अघिल्लो दिनको तुलनामा ५८ पैसा महँगो हो । हिजो एक अमेरिकी डलरको खरिद मूल्य १३६.७३ रुपैयाँ र बिक्रि मूल्य १३७.३३ नेपाली रुपैयाँ थियो ।
यस्तै आज अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ पनि बढेको छ। आज अष्ट्रेलियन १ डलरको खरिददर ८८.२६ र बिक्रीदर ८८ ६४ नेपाली रुपैयाँ रहेको छ । यस्तै क्यानेडियन १ डलरको खरिददर ८८.२६ र बिक्रीदर ८८.६४ नेपाली रुपैयाँ र सिंगापुरे १ डलरको खरिददर १०६.३५ र बिक्रीदर १०६.८२ नेपाली रुपैयाँ रहेको छ ।
हिजो अष्ट्रेलियन एक डलरको खरिद मूल्य ८८.१४, क्यानेडियन डलरको ९८.५० र सिङ्गापुरे डलरको १०६.०७ नेपाली रुपैयाँ रहेको थियो ।
यस्तै आज युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
