समृद्धि फाइनान्सको नवनियुक्त अध्यक्षको सपथ ग्रहण

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष अजय कुमार मिश्रले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेक हुन् ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ । मोवाईल बैंकिङ, डेविट कार्ड आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।