ज्योति विकास बैंकको अफर : ‘ज्योति स्मार्ट’ बाट हवाई टिकट काट्दा आकर्षक क्यासब्याक « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

ज्योति विकास बैंकको अफर : ‘ज्योति स्मार्ट’ बाट हवाई टिकट काट्दा आकर्षक क्यासब्याक



काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एपमार्फत हवाई टिकट खरिद गर्दा ५०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकको मोबाइल एप ‘ज्योति स्मार्ट’ प्रयोग गरी कुनै पनि एयरलाइन्सको हवाई टिकट खरिद गर्दा ‘Jyoti500’ प्रोमो कोड प्रयोग गरेमा यो क्यासब्याक प्राप्त हुनेछ ।

आजै अर्थात् जेठ ९ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको यस अफर अन्तर्गत ग्राहकले पहिलो पटक टिकट खरिद गर्दा मात्र क्यासब्याक सुविधा प्राप्त गर्नेछन् ।

योजनाले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्नुका साथै ग्राहकलाई सुलभ र किफायती सेवा दिने उद्देश्य राखेको बैंकले जनाएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत सेवा दिँदै आएको छ । डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले आफ्ना सेवाहरूलाई सुरक्षित, सरल र आधुनिक बनाउँदै लगिरहेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध क्षेत्रमार्फत उल्लेखनीय योगदान दिँदै आएको छ । नवजात शिशुको ज्यान जोगाउन स्थापना गरिएको ५९ वटा न्यानो नानी संयन्त्रबाट प्रत्येक वर्ष २ हजार १८३ शिशुहरूको जीवन रक्षा भइसकेको छ ।

बैंकले यस कार्यमा अग्रसर भई, अन्य बैंकको तुलनामा ५० प्रतिशत बढी सामाजिक लगानी गर्दै आएको दाबी गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९-८० मा ४० करोड रुपैयाँ भन्दा बढी कर तिरेको बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु. १५ करोड कर भुक्तान गरिसकेको छ ।

‘राष्ट्र निर्माणका लागि सुदृढ जनशक्ति आवश्यक’ भन्ने अवधारणामा अगाडि बढेको बैंकले सामाजिक उत्तरदायित्व र नविनतम बैंकिङ प्रविधिको समन्वय मार्फत सकारात्मक परिवर्तन ल्याउने अठोट दोहो¥याएको छ ।


प्रतिक्रिया दिनुहोस्