साङ्ग्रिला मोटर्समार्फत स्टेलान्टिसको नेपाली बजारमा नयाँ विस्तार, उत्तरढोकामा प्रिमियम शोरूम « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

साङ्ग्रिला मोटर्समार्फत स्टेलान्टिसको नेपाली बजारमा नयाँ विस्तार, उत्तरढोकामा प्रिमियम शोरूम



काठमाडाैं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोश्रो डिलरशिपको उद्घाटन गरेको छ।

डिलरशिप गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रालिद्वारा सञ्चालन हुनेछ । काठमाडौंको उत्तरढोकामा अवस्थित यो नयाँ प्रमुख शोरूममा विश्व प्रसिद्ध तीन ब्राण्डहरू(सिट्रोएन, लिप मोटर र प्यूजोलाई एउटै छानामुनि प्रस्तुत गरेको छ, जसले ग्राहकहरूलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्नेछ।

नयाँ डिलरशिपको औपचारिक उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजैला र साङ्ग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवालले गरे।

उद्घाटन समारोहमा शैलेश हजेलाले साङ्ग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित भएकाे बताए ।

नयाँ शोरुममार्फत स्टेलान्टिसले अगामी युगका विद्युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्राण्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिवद्धता दोहोर्याएको उनकाे भनाइ छ।

उक्त अवसरमा हेमन्त गोल्छाले नयाँ शोरूम उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता भएकाे बताए ।

नले सिट्रोएन, लिपमोटर र प्यूजो एकै स्थानमा उपलब्ध गराएर नेपाली ग्राहकहरूका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौं भन्ने विश्वास व्यक्त गरे । यस विस्तारले ग्राहकको विश्वास र ब्राण्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउने उनले बताए ।

साङ्ग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेशनको पाँच दशकभन्दा लामो अनुभवको जगमा स्थापित कम्पनी हो, जसले नेपालमा दिगो र नवप्रवर्तनशील सवारीसाधन क्षेत्रमा अग्रसर भूमिका निर्वाह गरिरहेको छ।

नेपालमा स्टेलान्टिस ब्राण्डहरूको एकमात्र आधिकारिक आयातकली भएकाले कम्पनीले विद्युतीय र प्रिमियम गाडी बजार निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

स्टेलान्टिस एनभी विश्वको अग्रणी सवारीसाधन निर्माता कम्पनी हो, जसले आफ्ना ग्राहकहरुलाई नवीनतम प्रविधिको प्रयोग गर्दै स्वतन्त्र गतिशीलताको अधिकार सुनिश्चित गर्न समर्पित छ।


प्रतिक्रिया दिनुहोस्