सर्वोच्चको आदेश : ठगी मुद्दा टुंगो नलाग्दासम्म रवि लामिछाने थुनामै « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

सर्वोच्चको आदेश : ठगी मुद्दा टुंगो नलाग्दासम्म रवि लामिछाने थुनामै



काठमाडौं । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा गृहमन्त्री रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ।

न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गराउन उनकी पत्नी निकिता पौडेलद्वारा दायर बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गर्दै थुनामा राख्नुपर्ने आदेश कायम राखेको हो।

अब जिल्ला अदालत रुपन्देहीबाट ठगी मुद्दामा सफाइ पाएपछि मात्र लामिछाने थुनामुक्त हुनेछन्।


प्रतिक्रिया दिनुहोस्