आज सुनको मूल्य ताेलामै १४०० ले बढ्याे, चाँदी भने स्थिर « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

आज सुनको मूल्य ताेलामै १४०० ले बढ्याे, चाँदी भने स्थिर



काठमाडौं । आइतबार सुनको मूल्य उच्च अंकले बढेको छ। आज सुनको मूल्य प्रतितोला १४०० रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रूपैयाँ निर्धारण भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्