राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट प्रकाशकुमार श्रेष्ठले पाए अवकाश « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट प्रकाशकुमार श्रेष्ठले पाए अवकाश



काठमाडौं । अर्थशास्त्री डा प्रकाशकुमार श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश भएका छन्। उमेर हद (५८ वर्ष) पुगेपछि उनले शनिबारदेखि अनिवार्य अवकाश पाएका हुन्।

यस पटक गभर्नरको दौडमा रहेका श्रेष्ठले गत चैत्र १३ गते कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका थिए । तर उनकाे राजीनामा स्वीकृत भएकाे थिएन । अन्ततः उनी कार्यकारी निर्देशकका रूपमा राष्ट्र बैंकबाट अवकाश भएका छन्।

श्रेष्ठले २०६२ सालमा उपनिर्देशक पदमा प्रवेश गरेका थिए। त्यसपछि २०७२ मा निर्देशक र २०७६ मा कार्यकारी निर्देशकमा पदोन्नति पाएका थिए। कार्यकारी निर्देशकका रूपमा उनी आर्थिक अनुसन्धान विभागको नेतृत्व गर्दै केही महत्त्वपूर्ण मौद्रिक नीतिहरु तयार पार्न समन्वयकर्ताका रूपमा क्रियाशील थिए।

राष्ट्र बैंकमा आफ्नो कार्यकालका दौरान, श्रेष्ठले प्रदेशदेखि संघीय तहसम्मका योजना आयोग तथा अर्थ मन्त्रालयमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत योगदान दिएका थिए। केही बजेट तथा नीति निर्माण प्रक्रियामा पनि उनको भूमिका उल्लेखनीय रहेको छ।

राष्ट्र बैंक बाहिर पनि उनको भूमिकाहरू उल्लेखनीय छन्। उनी लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष समेत रहे। त्यसपछि संघीय अर्थ मन्त्रालयमा सल्लाहकारका रूपमा काम गरे। हाल उनी राष्ट्रिय योजना आयोगको सदस्य रहेका छन्।


प्रतिक्रिया दिनुहोस्