माैद्रिक समीक्षा भोलि सार्वजनिक गर्ने तयारी, नवनियुक्त गभर्नरको प्राथमिकता कता तिर ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

माैद्रिक समीक्षा भोलि सार्वजनिक गर्ने तयारी, नवनियुक्त गभर्नरको प्राथमिकता कता तिर ?



काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारी तीव्र पारेको छ। समीक्षा सम्भवतः भोलि (सोमबार) सार्वजनिक गरिने छ।

तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्न आज राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक बस्ने तयारी छ। नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलको अध्यक्षतामा बस्ने समितिले समीक्षा पारित गरेपछि सञ्चालक समिति बैठक बोलाइने छ।

सञ्चालक समितिबाट अनुमोदन भएपछि समीक्षा भोलि बेलुकासम्म सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

कस्ताे आउला नवनियुक्त गभर्नरको पहिलो मौद्रक नीति

नवनियुक्त गभर्नर डा पौडेलको पहिलो औपचारिक नीति दस्तावेज भएकाले समीक्षाबाट धेरै ठूलाे परिवर्तनकाे भने अपेक्षा गरिएकाे छैन । यद्यपी उनको गभर्नरका रूपमा आगामी नीति दृष्टिकोण, प्राथमिकता र शैली कस्ताे हुनेछ भन्नेबारे यसले केहि संकेत दिने छ ।

यस्तै नीजि क्षेत्रले माग गरिरहेकाे दीर्घकालीन आर्थिक स्थायित्व, स्थिर ब्याजदर, र सन्तुलित ऋण प्रवाह गभर्नरको प्राथमिकता हुन सक्ने राष्ट्र बैंकले स्रेतले जनाएकाे छ ।

यहि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट आउँन लागेकाे हुँदा अन्तरिम नीति समायाेजन मात्रै हुने भनिएकाे छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति बजेटपछि आउनेछ भने त्यसमार्फत व्यापक नीतिगत परिवर्तन सम्भव हुने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस्