रास्वपा केन्द्रीय समिति बैठक सुरु रवि लामिछानेको मुद्दाबारे छलफल « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

रास्वपा केन्द्रीय समिति बैठक सुरु रवि लामिछानेको मुद्दाबारे छलफल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बनस्थलीस्थित कार्यालयमा बसिरहेको छ । आजकाे उक्त बैठकमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका सभापति लामिछानेबारे सर्वोच्च अदालतबाट आएको आदेशबारे छलफल हुने भएको छ ।

वनस्थलीस्थित कार्यालयमा सुरु भएको रास्वपाको बैठकमा लामिछानेबारे आएको सर्वोच्चको आदेशपछि के गर्ने भन्ने विषयमा छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यस्तै भिजिट भिसा काण्ड र गृहमन्त्रीको सग्लग्नताबारे पनि पार्टीको धारणा बनाउन छलफल हुने भएकाे छ । रास्वपाले शनिबारनै गृहमन्त्री रमेश लेखकको राजीनामा मागिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्