पेट्रोल, डिजेल र सिएनजी तीनवटै इन्धनमा पहिलो पटक टाटाको न्यु अल्ट्रोज, नेपाली बजारमा कहिले ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

पेट्रोल, डिजेल र सिएनजी तीनवटै इन्धनमा पहिलो पटक टाटाको न्यु अल्ट्रोज, नेपाली बजारमा कहिले ?



काठमाडौं । भारतको अग्रणी अटोमोबाइल निर्माता टाटा मोटर्सले आफ्नो पछिल्लो उत्पादन ‘अल न्यू अल्ट्रोज’ घरेलु बजारमा सार्वजनिक गरेको छ ।

अल्ट्रोज मोडलको यो नयाँ भेरियन्ट उत्कृष्ट सुरक्षा, अत्याधुनिक प्रविधि र रोमाञ्चक प्रदर्शनका साथ प्रिमियम डिजाइन गरीएको कम्पनीले जनाएको छ ।

उपभोक्ताले एकदमै रुचाएको नयाँ अल्ट्रोजको प्रारम्भिक मूल्य ६ लाख ८९ हजार भारतीय रुपये (रू. ११ लाख २ हजार) रहेको छ । अल्ट्रोजका कुल २२ भेरियन्टमध्ये यो सबैभन्दा सस्तो ‘फेसलिफ्ट’ भेरियन्ट हो । उक्त मोडलको सबैभन्दा महँगो भेरियन्टको मूल्य भारु. ११ लाख ४९ हजार छ ।

नयाँ भेरियण्टको यो गाडीको प्रिमियम डिजाइनले आरामदायी क्याभिन, कनेक्टिभिटी र पहिलो पटक उपलब्ध विस्तारित बहु–पावरट्रेन लाइन–अपले नयाँ अल्ट्रोजलाई शक्तिशाली बनाएको छ । फलस्वरुप ग्राहकको यात्रालाई विशेष बनाउने कम्पनीको दाबी छ ।

ह्याचब्याक अल्ट्रोजको नयाँ संस्करण पेट्रोल, डिजेल सेग्मेन्टमा एकमात्र विकल्प, एकिकृत कम्प्रेस्ड प्राकृतिक ग्यास(आइसिएनजी) ट्विन सिलिन्डर प्रविधिमा उपलब्ध छ । यसले इन्धन क्षमता अधिकतम बनाउन र उचित मात्रामा बुट स्पेस कायम राख्न मद्दत पुग्ने कम्पनीले जनाएको छ ।

यसमा भएको ५–स्पीड म्यानुअल, परिष्कृत ६–स्पीड ड्युल क्लच अटोमेटिक (डिसिए) र नयाँ ५–स्पीड एएमटी (अटोमेटेड म्यानुअल ट्रान्समिशन)ले उपभोक्तालाई अटोमेटिक ट्रान्समिशनको सुविधा प्रदान गर्दछ ।

यस्तै यसमा पहिलो पटक एएमटी गियरबक्स पनि थपिएको छ, जसले स्वचालित ड्राइभको सहजता थप सुलभ बनाउँछ।
टाटा मोटर्स प्यासेन्जर भेहिकल्सका प्रबन्ध निर्देशक शैलेश चन्द्रले यो अल्ट्रोज केवल ‘अपग्रेड’ मात्र नभएर ‘नयाँ अध्याय’ नै भएको बताए । यसले हरेक युवा, आधुनिक र आकांक्षी ग्राहकलाई लक्षित गरेर स्टाइल, टेक्नोलोजी एवम् सेफ्टीको सन्तुलन प्रदान गर्ने उनको भनाइ छ ।

प्रिमियम ह्याचब्याकको क्षेत्रमा एक साहसी अध्यायको सुरुवात भएको उनले घोषणा गरेका छन् । चन्द्रले अल्ट्रोजको २०२५ संस्करणले समकालीन डिजाइन, आधुनिक प्रविधि र प्रदर्शनमा केन्द्रित दृष्टिकोणलाई सुसंगत रूपमा मिश्रण गरेर अझ धेरै आकर्षक बनाएको बताए ।

उनले भने, ‘यसले आजका प्रिमियम ह्याचब्याक ग्राहकले खोज्ने आधुनिक स्टाइल, प्रिमियम अनुभूति, प्रविधि–सम्पन्न विशेषताहरू, नयाँ स्तरको सुरक्षा र सबैभन्दा फराकिलो पावरट्रेन विकल्पहरूको दायरा सबै पक्षहरूलाई समेटेको छ ।’
नयाँ टाटा अल्ट्रोजले आधुनिक शालिनतालाई पुनः परिभाषित गरेको कम्पनीको दाबी छ । यसको स्लिक र मूर्तिकला जस्तै रेखाहरू, र साहसी थ्रि डी फ्रन्ट ग्रिलले विशेष आकर्षण ल्याउँछ।

फ्लोटिङ रूफ डिजाइन र फ्लश डोर ह्यान्डल्सले यसको भविष्य सूचक डिजाइनलाई अझ उचाइमा पु¥याउँछ, जसले अल्ट्रोजलाई आफ्नो सेग्मेन्टमा छुट्टै पहिचान दिलाउँदछ ।

नयाँ टाटा अल्ट्रोज प्रिस्टिन ह्वाइट, प्योर ग्रे, रोयल ब्लू, एम्बर ग्लो र ड्यून ग्लो गरी पाँच आकर्षक रंगहरूमा उपलब्ध छन् ।

डिजाइनमा नयाँपन, यात्रामा विशेष अनुभूति

नयाँ टाटा अल्ट्रोजले प्रिमियम ह्याचब्याक डिजाइनलाई सौन्दर्य, आराम, र नवीनताको सुमधुर संयोजन गरेको छ । गाडीको अगाडीको भाग, साहसी थ्रिडी फ्रन्ट ग्रिल, लुमिनेट एलईडी हेडल्याम्पहरू, र सिग्नेचर इन्फिनिटी एलईडी कनेक्टेड टेल ल्याम्पहरू भएको यस गाडीले सडकमा आत्मविश्वासपूर्ण उपस्थिति दिने कम्पनीको दाबी छ ।

कुप–जस्तै सिलुएट, फ्लोटिङ रूफ, कलात्मक रूपमा बनेका बडी लाइनहरू, फ्लश डोर ह्यान्डल्स, र ड्र्याग–कट एलोय ह्वीलहरूले यसको स्टाइल र एरोडायनामिक्सलाई अझ उचाइमा पु¥याएको छ ।

गाडीको भित्री भागले नयाँ स्तरको परिष्कृत अनुभूति प्रदान गर्दछ भने सफ्ट–टच सतह सहितको ग्रान्ड प्रेस्टिजिया ड्यासबोर्ड, ग्यालेक्सी एम्बियन्ट लाइटनिङ, र प्रिमियम डुअल–टोन बेज इन्टेरियरहरूले एक परिष्कृत माहोल सिर्जना गर्ने कम्पनीले जनाएको छ।

कार्यकारी लाउन्जबाट प्रेरित पछाडिको सिट, यसमा भएको थाइ सपोर्ट, फ्ल्याट फ्लोर, र फराकिला ९०–डिग्री चौडाइ ढोकाले ग्राहकको यात्रा सहज र विशेष बनाउँछ।

यस्तो छ शुरुवाति मूल्य
टाटा मोटर्सले यो नयाँ अल्ट्रोजलाई अझ धेरै ग्राहकसम्म पु¥याउन आकर्षक मूल्य र विकल्पहरूको साथ प्रस्तुत गरेको छ। दिल्ली एक्स–शोरूम मूल्य अनुसार, विभिन्न ट्रान्समिशन र पर्सोनालिटीका आधारमा यो गाडीका फरक–फरक भेरियन्टहरूमा उपलब्ध छ।

१.२ लिटर रेबोट्रोन पेट्रोल इन्जिनयुक्त अल्ट्रोजको ‘स्मार्ट’ भेरियन्टको मूल्य ६.८९ लाख भारतीय रुपयेदेखि सुरु हुँदै ‘अकम्प्लिस्ड एस’ मा ९.९९ लाखसम्म पुग्छ । त्यसैगरी, १.२ लिटर आइसिएनजी टेक्नोलोजी सहितको भेरियन्टको मूल्य ७.८९ लाख भारतिय रुपैयाँदेखि ११.०९ लाखसम्म छ । टर्बोचाज्र्ड १.५ लिटर रेवोटोरक इन्जिनयुक्त भेरियन्ट भने ‘पियोर’ मा ८.९९ लाख भारतिय रुपैयाँ र ‘अकम्प्लिस्ड एस’ मा ११.२९ लाखमा उपलब्ध छ।

विशेष गरी, ‘अकम्प्लिस्ड प्लस एस’ भेरियन्ट पेट्रोलमा मात्र ६–स्पीड डिसिए ट्रान्समिशनसहित उपलब्ध हुनेछ। साथै, ‘पियोर’ र ‘क्रेटिभ’ पर्सोनालिटीमा सनरुफ विकल्प र एटिएम ट्रान्समिशन सुविधा पनि प्रदान गरिएको छ।

विशेष प्रविधि अनुभव तथा प्रिमियम क्याबिन अनुभव

नयाँ अल्ट्रोजको केन्द्रमा उत्कृष्ट डिजिटल अनुभव छ। हार्मनको १०.२५ इन्च अल्ट्रा व्यू इन्फोटेन्मेन्ट सिस्टम पूर्ण डिजिटल एचडी १०.२५ इन्च क्लस्टरसँग सुमधुर रूपमा जोडिएको छ, जसले रियल टाइम नेभिगेशन सुविधा दिन्छ।
अन्य सुविधाहरुः

– ३६० डिग्री सर्राउन्ड भ्यू क्यामेरा र ब्लाइन्ड भ्यू मोनिटर

– आवाजद्वारा चल्ने इलेक्ट्रिक सनरुफ

– वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले

– वायरलेस चार्जिङ र डुअल टाइप सी फास्ट चार्जरहरू

– भारतीय गर्मीका लागि एयर प्युरीफायर र एक्सप्रेस कूलिङ

– ५० भन्दा बढी सुविधासहित आइआरए कनेक्टेड भेहिकल टेक्नोलोजी

– गति र शक्तिमा विशेष अनुभूति — प्रत्येक जीवनशैलीका लागि पावरट्रेन विकल्पहरू

– १.२ एल रेवोट्रोन पेट्रोल (म्यानुअल, डिसिए र नयाँ एटिएम) – सहज र परिष्कृत ड्राइभिङ अनुभवसँगै विभिन्न ट्रान्समिशन विकल्पहरूको सुविधा।

– १.२ एल आइसिएनजी ट्विन–सिलिन्डर प्रविधिसहित भारतकै सबैभन्दा उन्नत सिएनजी प्रणाली, जसले बुट स्पेसमा कुनै सम्झौता नगरी प्रिमियम सुविधा प्रदान गर्छ।

– १.५ एल रेवोटॉर्क डीजेल – भारतको एक मात्र डीजेल ह्याचब्याक, जसले उच्च टर्क र सहज राजमार्ग यात्रा सुनिश्चित गर्छ।
हरेक मोडमा सुरक्षा

विश्वसनीय एएलएफए आर्किटेक्चरमा आधारित अल्ट्रोजले भारतको सबैभन्दा सुरक्षित प्रिमियम ह्याचब्याकको आफ्नो विरासतलाई निरन्तरता दिएको छ।

यसमा थपिएको ६ वटा एयरब्याग र इलेक्ट्रिक स्टेविलिटी प्रोग्राम, डायमण्ड स्ट्रेन्थ सेफ्टी शिल्ड — सुदृढ संरचनात्मक मजबुती र थप सुरक्षित क्रम्पल जोन, एसओएस कलिङ फङ्सन (इ–कल÷बि–कल), आइएसओ फिक्स चाइल्ड सीट माउन्ट्स, हिल होल्ड असिस्ट, एलइडी कर्नरिङ फग ल्याम्प्स लगायत अन्य सुविधाहरू थप सुरक्षित बनाउने कम्पनीको विश्वास छ ।

नयाँ अल्ट्रोजले आफ्नो रूपान्तरणलाई साहसी डिजाइन, भव्य इन्टेरियर र अत्याधुनिक प्रविधिसँग अझ अगाडि बढाएको छ। यसले आधुनिक डिजाइन, बहुआयामिक उपयोगिता, प्रशस्त स्पेस र प्रिमियम सुविधाहरू एकैसाथ प्रदान गर्छ।

साथै, यसको बहु–इन्धन विकल्पहरू (पेट्रोल, डीजेल, सिएनजी) ले दक्षता र रोमाञ्चबीचको सन्तुलन मिलाउँदै यसलाई आफ्नो सेग्मेन्टको साँचो अग्रणी बनाएको छ।


प्रतिक्रिया दिनुहोस्