नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काडमाडाैं । गत बिहिबार दाेहाेराे अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आइतबार पुन घटेकाे छ । आज नेप्से परिसूचक ९.१४ अंकले घटेर २६ सय ७९दशमलव ४१ बिन्दुमा कायम भएकाे छ ।
यसदिन नेप्से परिसूचकसँग काराेबार रकम पनि घटेकाे छ । आज ३१४ कम्पनीकाे १ कराेड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० कराेड ९५ लाख ४२ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
गत बिहिबार ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपैयाँमा खरिदबिक्री भएकाे थियाे ।
आइतबार भएकाे काराेबर मध्ये ९९ कम्पनिकाे सेयर मूल्य बढेकाे छ भने १४८ कम्पनिकाे घटेकाे छ । यस्तै एउटाकाे स्थिर रहेकाे छ ।
बजार घटेकाे दिन ओम मेगाश्री फार्मास्युटिकलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।