गभर्नर पौडेलको प्रशासनिक पुनर्संरचना, सचिवालयमा फर्किए गुणाकर « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

गभर्नर पौडेलको प्रशासनिक पुनर्संरचना, सचिवालयमा फर्किए गुणाकर



काठमाडाैं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले महत्वपूर्ण प्रशासनिक कदम चाल्दै डा गुणाकर भट्टलाई गभर्नरको सचिवालयमा तानेका छन्।

यसअघि गभर्नरका आकांक्षी रहेका भट्टलाई पौडेलले सोमबार (जेठ १२ गते) देखि लागू हुने गरी आफ्नो सचिवालयमा सरुवा गरेका हुन् ।

डा भट्टलाई अघिल्लो चरणमा सत्तारूढ नेपाली कांग्रेसले गभर्नर पदका लागि प्रस्ताव गरेको थियो। यद्यपि, भट्टको नाम सिफारिस भएपछि दिएको राजीनामा कामु गभर्नर डा निलम ढुङ्गानाले अस्वीकार गरेकी थिइन्। तर अहिले भट्टको सरुवा भगर्नर कार्यालयमा भएपछि उनको राजीनामा अस्वीकृत भएको बुझ्न सकिन्छ ।

यसबाहेक, गभर्नर पौडेलले अन्य विभागमा समेत सरुवा र पुनर्संरचना गरेका छन्। आर्थिक अनुसन्धान विभागमा डा रामशरण खरेललाई ल्याइएको छ ।खरेल यसअघि मानव संशाधन विभागमा कार्यरत थिए ।


प्रतिक्रिया दिनुहोस्