तीनकुने हिंसा : दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न आरोपमा दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको छ ।
सरकारी वकिल कार्यालयका अनुसार प्रसाईंसँगै हरिहरि चौलागाईं, सरोज गौतम (तारा राजावादी), शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
उक्त प्रदर्शनमा सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो। आन्दोलनको नेतृत्व विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए ।