आन्तरिक राजस्वको कारबाही : कर विवरण नबुझाउने १ लाख करदाता निलम्बनमा, को-को परे ?

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) विवरण लगातार ६ महिनासम्म नबुझाउने झन्डै १ लाख करदाता निलम्बनमा परेका छन् ।
आन्तरिक राजस्व विभागको गत शुक्रबार (जेठ ९ गते) को निर्णयानुसार सो विवरण नबुझाउने ९५ हजार ३४९ करदाताको दर्ता निलम्बन गरेको हो ।
विभागले करदाताहरूलाई गत बैशाख ११ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र सम्बन्धित कार्यालयमा सम्पर्क गरी विवरण अद्यावधिक गर्न आग्रह गरेको थियो । तर, तोकिएको समयसम्म पनि विवरण नबुझाएकाले उनीहरूको दर्ता निलम्बन गरिएको विभागले जनाएको छ ।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) अनुसार यस्तो अवस्थामा करदाताको विवरण सार्वजनिक गर्न, करकट्टी रोक्का राख्न र दर्ता निलम्बन गर्न सकिने व्यवस्था छ ।
विभागले यस्ता करदातासँग कुनै कारोबार नगर्न व्यवसायीहरूलाई सचेत समेत गराएको छ । साथै, भन्सार विभागलाई निलम्बन अवधिसम्म आयात–निर्यात रोक्का गर्न पनि अनुरोध गरिएको छ ।
निलम्बनमा परेका करदाताहरूको नाम, स्थायी लेखा नम्बर (प्यान) लगायतका विवरण विभागको वेबसाइटमा सार्वजनिक गरिएको छ ।
को-को परे निलम्बनमा ?
1218720749-1