ताेलामा ७०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? « Arthapath.com
१३ जेष्ठ २०८२, मंगलबार

ताेलामा ७०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा साेमबार सुनको मूल्यमा भारी गिरावट आएको छ। बजारमा केहि नयाँ रेकर्ड कायम गर्दै आएको छापावाल सुन आज तोलामै ७०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १०० रूपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी भने स्थिर रहेको छ । आइतबार प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी साेमबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्