शाइन रेसुंगाले पायाे १ अर्बको ऋणपत्र निष्कासन अनुमति « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

शाइन रेसुंगाले पायाे १ अर्बको ऋणपत्र निष्कासन अनुमति



काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपैयाँसम्मको ऋणपत्र निष्कासनका लागि अनुमति पाएकाे छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कुल १ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री गर्नेछ।

जसमा ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।


प्रतिक्रिया दिनुहोस्