नयाँ गभर्नरको नीतिप्रति लगानीकर्ताले देखाए असन्तोष, नेप्से परिसूचक पुनः घट्यो « Arthapath.com
१९ जेष्ठ २०८२, सोमबार

नयाँ गभर्नरको नीतिप्रति लगानीकर्ताले देखाए असन्तोष, नेप्से परिसूचक पुनः घट्यो



काठमाडाैं । सोमबार पनि सेयर बजारमा आएको गिरावटले निरन्तरता पाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.२१ अंकले घटेर २६ साय ७४ दशमलव ७६ बिन्दुमा झरेको छ ।

नेपाल राष्ट्र बैंकमा १८औं गभर्नरको रूपमा डा विश्व पौडेल आएकै दिन उनलाई रातो झण्डा देखाएका लगानीकर्ताले उनले गरेको नीतिगत निर्णयमा पनि खुशी देखिएका छैनन् ।

नेपाल राष्ट्र बैंककले आइतबार साँझ सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षाबाट गभर्नर पौडेलले सेयर बजार बढाउने नीति अघि सारेका थिए । यस निर्णयको पनि लगानीकर्ताले साथ नदिएको देखिएको हो ।

यता आज नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । आज ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

हिजो ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रूपैयाँको कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा ९२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १५५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्