पूँजी बजार सुधारका लागि इन्भेष्टर्स फोरमको गभर्नरलाई तीन सुझाव

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई तीन महत्वपूर्ण सुझावहरू दिएको छ ।
फोरमका अध्यक्ष तुलसीराम ढकाल नेतृत्वको टोलीले गभर्नरलाई लिखित सुझावसहित शुभकामना दिएको छ । फोरमले प्रमुख रूपमा प्राकृतिक व्यक्तिको शेयर कर्जा ऋणको १५ करोड रुपैयाँ सिमा हटाउन माग गरेको छ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर खरीद गर्ने पुरानो व्यवस्था पुनः लागू गर्न र लघुवित्त संस्थाहरूको लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको क्याप हटाउन माग गरेको छ ।
यद्यपि, फोरमले यस्तो माग पहिलेदेखि उठाउँदै आएको विषय हुन् ।
फोरमले गभर्नरको नियुक्तिलाई स्वागत गर्दै कार्यकालमा पुँजीबजारको विकास र विस्तारमा नयाँ उचाइ हासिल हुने विश्वास व्यक्त गरेको छ ।