सान्भि इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम मौका आज « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम मौका आज



काठमाडाैं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेकाे छ । कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक चरणमा शेयर जारी गरिसकेपछि अब बाँकी शेयर सर्वसाधारणलाई प्रदान गर्न लागिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन गरेको छ, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबर रहेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई ८ लाख ८० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख ९१ हजार कित्ता, सामूहिक लगानी कोषहरूलाई १ लाख ४५ हजार ५०० कित्ता, र कम्पनीका कर्मचारीहरूलाई ५८ हजार २०० कित्ता शेयर छुट्याइएको थियो।

आईपीओमा लगानी गर्न चाहने आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले यस निष्काशनको लागि केयर रेटिङ्स नेपालबाटकेयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

सार्वजनिक निष्काशनको अन्तिम दिन भएकोले इच्छुक लगानीकर्ताहरूले आजभित्र आवेदन प्रक्रिया पूरा गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्