अर्थतन्त्र सुदृढीकरणमा योजना आयोग र राष्ट्र बैंकको साझा प्रतिवद्धता « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

अर्थतन्त्र सुदृढीकरणमा योजना आयोग र राष्ट्र बैंकको साझा प्रतिवद्धता



काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलबीच अर्थतन्त्र सुदृढीकरणका विषयमा विशेष भेटवार्ता सम्पन्न भएको छ।

गभर्नर पौडेलले मंगलबार सिंहदरबारस्थित आयोगको कार्यालयमा पुगेर उपाध्यक्ष अधिकारीसँग छलफल गरेका हुन्।

भेटका क्रममा उनीहरूबीच वित्तीय नीति र मौद्रिक नीतिबीचको अन्तरसम्बन्ध, समन्वय र स्वायत्तता सम्बन्धी महत्वपूर्ण विषयमा विचार–विमर्श भएको अधिकारीको सचिवालयले जानकारी दिएको छ।

साथै, उनीहरूबीच मुलुककाे अर्थतन्त्रलाई कोभिडपूर्वको अवस्थामा लैजाने गरी काम गर्ने सहमति भएकाे छ ।

उपाध्यक्ष अधिकारीले आयोगमार्फत अगाडि बढाइएका वित्तीय हस्तान्तरणको सुधार, आयोजना पुनःप्राथमिकिकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन, तथा मध्यमकालीन खर्च संरचना सुधार जस्ता पहलहरूबारे गभर्नरलाई जानकारी गराएका थिए।

त्यस्तै, गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस्